बाँकेमा तीन जना कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १० बैशाख २०७८, १० : ५४
बाँकेमा तीन जना कोरोना संक्रमितको मृत्यु

नेपालगंज । कोरोना संक्रमण बढिरहदा मृत्यु दर पनि ह्वात्तै बढ्न थालेको छ । पछिल्लो कोरोना संक्रमणको हब बनेको बाँकेमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । सल्यानका एक र बाँकेका दुई जना संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ६ का २८ वर्षीय मानबहादुर पुन रहेका छन् । उनको शुक्रबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । त्यसैगरि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत सल्यानको बनगाड ३ का ५६ वर्षीय वीरबहादुर नेपाली र बाँकेको जानकी १ की ७१ बर्षीया महिला सुमन पाठकको मृत्यु भएको हो  ।

सल्यानका नेपाली र बाँकेकी पाठकको बिहीबार राति नै मृत्यु भएको वलीले बताए । बाँकेमा बितेको २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ।
बाँकेमा तीव्र रुपमा कोरोना संक्रमन बढ्न थालेपछि अस्पतालहरुमा बिरामीले अक्सिजन र बेड पाउन पनि मुस्किल परिरहेको छ । 

प्रतिक्रिया दिनुहोस