सरकारले तोकेको मापदण्ड भित्र रहेर सन्चालनमा मनकामना केबुलकार

सफल खबर संवाददाता

शुक्रबार, १० बैशाख २०७८, ०८ : २१
सरकारले तोकेको मापदण्ड भित्र रहेर सन्चालनमा मनकामना केबुलकार

चितवन । कोरोना संक्रमणको ग्राफ उकालो चढ्ने क्रम पुनः शुुरु भएसंगै सरकारले अन्य क्षेत्र जस्तै मठ, मन्दिर तथा धार्मिक स्थलहरुमा मापदण्ड तोकेको छ । मापदण्डमा मन्दिरहरुमा नित्य पुजाआजा बाहेक अन्य गतिविधि नगर्न निर्देशन जारी गरेको छ ।

यसैक्रममा धेरै हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको मनकामना मन्दिर पुग्ने केबुलकार सरकारले तोकिएको मापदण्ड भित्र रहेर सन्चालनमा आएको छ । 

मनकामना केबुलकार प्रालि.ले सरकारले स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै बैशाख महिना सम्म देश भरका मन्दिर हरूमा नित्य पुजा, ध्यान तथा प्रार्थना मात्र गर्नु गराउनु आदेस भएकोले बाहिर बाट पुजा गर्न हाल स्थगित रहेपनि मन्दिर बाहिरको प्राङणबाट माताको दर्शन तथा आशिरबाद लिन सकिने जनाएको छ ।

साथै केबुलकारले मनकामना क्षेत्रको अन्य क्षेत्र बक्रेशवर महादेब , लखन शिद्ध गुफा, बेतनी आदि थुप्रै ठाउं घुम्न सकिने पनि जनाएको छ । केबुलकारले सामाजिक संजालमा मार्फत मनोकामना आउने संपुर्ण धर्मावलम्बीहरुलाइ संयमित भएर स्वासथ्य सुरक्षा मापदण्ड पुर्ण रूपमा पालना गर्न पनि अपिल गरेको छ । 

प्रतिक्रिया दिनुहोस