सार्वजनिक सवारीको भाडा बढाउन सरकारले अध्ययन सुरु गर्यो

सफल खबर संवाददाता

विहीबार, ०९ बैशाख २०७८, १६ : ३४
सार्वजनिक सवारीको भाडा बढाउन सरकारले अध्ययन सुरु गर्यो

काठमाडौं । सरकारले सार्वजनिक सवारीको भाडा बढाउन अध्ययन थालेको छ । यातायात व्यवस्था विभागका प्राविधिक उपसचिवको संयोजकत्वमा समिति बनाएर समायोजनको लागि छलफल थालेको हो ।यातायात व्यवसायीहरुले पेट्रोलियम पदार्थ र सवारीजन्य पार्टपुर्जामा भएको मूल्यवृद्धिलाई कारण देखाएर भाडा बढाउन सरकारलाई वैशाख १५ गतेसम्मको अल्टिमेटम दिएका थिए ।

यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार अध्ययन गर्न बनेको समितिले भाडा समाजोजनबारे अध्ययन र व्यवसायीसँग छलफल गरेर समायोजनको सिफारिस गर्नेछ ।यातायात व्यवसायीहरुले वैज्ञानिक तवरले भाडा बढाउनुपर्ने माग गरेका छन् । सरकारले २०६५ फागुन २० गतेबाट वैज्ञानिक भाडादर समायोजन सम्बन्धी कार्यविधि जारी गरेको थियो ।

सरकारले लगातार पेट्रोलको मूल्य १३ पटक बढाएको छ भने डिजेलको मूल्य पनि ९ पटक बढेको छ । यस्तो मूल्य वृद्धिले यात्रुबाहक तथा मालबाहक सवारीधनीहरुले अहिले भाडादरले व्यवसायमा टिक्न नसकिने व्यवसायीहरुले बताएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गत माघ २९ गते नै विज्ञप्ति जारी गरेर र चैत ५ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङलाई ज्ञापनपत्र बुझाएर भाडा नबढाए आफूहरु सवारी साधन थन्क्याउन बाध्य हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस