मोरङमा चट्याङ पर्दा एक महिलाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, ०९ बैशाख २०७८, १५ : ०४
मोरङमा चट्याङ पर्दा   एक महिलाको मृत्यु

मोरङ । मोरङ कानेपोखरी २ दलेलीमा चट्याङ पर्दा एक महिलाको मृत्यु भएको छ । बिहिबार बिहान परेको चट्याङमा स्थानीय ४३ बर्षीय सुकवती राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पानी परेको बेला घर नजिकै रहेका गाईगोरू सार्न जाने क्रममा चट्याङमा परी राजवंशी गम्भीर घाईते भएकी थिईन ।घाईते राजबंशीको उपचारको लागि उर्लाबारी स्थित मदनभण्डारी अस्पताल तथा ट्रमासेन्टर लगेकोमा अस्पताल पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस