पोखरा । पोखराका कोरोना सङ्क्रमितको चितवनमा मृत्यु भएको छ । पोखरा महानगरपालिका–८ का ७२ वर्षीय वृद्धको कोरोनाबाट पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
मुटु, मधुमेह, रक्तचाप र निमोनियाको समस्याबाट पीडित रहेका वृद्ध यही वैशाख ५ गते पुरानो मेडिकल कलेजमा भर्ना भएका थिए । भर्ना भएकै भोलिपल्ट उनमा कोरोना पोजेटिभ देखिएको थियो । उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ बैशाख २०७८, १३ : ५७
लेखकबाट थप