टिपरको ठक्करबाट  १ जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, ०९ बैशाख २०७८, १२ : ०८
टिपरको ठक्करबाट  १ जनाको मृत्यु

सांकेतिक तस्वीर

काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका स्थित सानोठिमीमा टिपरले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

गएराती पेप्सीकोलाबाट सानोठिमी जाँदै गरेको रा.२ प ४४३७ नम्बरको मोटरसाईकललाई पेप्सीकोला तर्फ आउँदै गरेको बा.३ख ४४६५ नम्बरको टिपरले ठक्कर दिँदा ४२ वर्षीय पदमराज पाठकको मृत्यु भएको हो । मोटरसाईकल पछाडी सवार पाठकको उपचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको हो । उनि पुरानो ठिमी बस्दै आएका थिए ।

टिपरको ठक्करबाट मोटरसाईकल चालक दाङ लालमठिया–५ घर भएका २४ वर्षीय उमेश चौधरी घाइते भएका छन् ।  उनको न्यूरो अस्पताल बाँसबारीमा उपचार भइरहेको छ । टिपर चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–३ घर भएका राजन नेपालीलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत ठिमीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस