लागुऔषधसहित पोखरामा दुई युवक पक्राउ

सफल खबर संवाददाता

विहीबार, ०९ बैशाख २०७८, १० : ४२
लागुऔषधसहित पोखरामा दुई युवक पक्राउ

पोखरा । पोखरामा लागुऔषधसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्जबाट पोखरातर्फ आउँदै गरेको बस पृथ्वीराजमार्गको मझुवामा प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले ठूलोमात्रामा लागूऔषधसहित पोखरा पृथ्वी चोक बस्ने २० वर्षीय रमेश गुरुङ र २६ वर्षीय प्रकाश गुरुङलाई पक्राउ गरेको जानकारी दिए ।

प्रहरीले उनीहरुको साथबाट लागुऔषध डाईजीपाम ५८ एम्पुल, फेनरगन ५८ एम्पुल, नुर्फिन ५८ एम्पुल गरी जम्मा १७४ एम्पुल अवैध लागुऔषध बरामद गरेको जनाइएको छ ।

पक्राउ परेका पक्राउ परेका दुवै जनालाई लागुऔषध सम्बन्धी कसुर अन्तर्गत कास्की जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस