नेकपा एमाले र माओवादी केन्द्रले बोलाए एकै दिन बैठक

सफल खबर संवाददाता

आइतबार, ०५ बैशाख २०७८, १५ : २०
नेकपा एमाले र माओवादी केन्द्रले बोलाए एकै दिन बैठक

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले एकै दिन बैठक बोलाएका छन् । नेकपा एमालेले सोमबार केन्द्रीय समिति बैठक बोलाएको छ भने माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको हो । 

एमालेको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ ।बैठक दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार बैठकमा समसामयिक विषयमा छलफल हुनेछ । साथै राजनीतिक प्रतिवेदन, महाधिवेशन र कार्यविभाजनका बारेमा छलफल र निर्णय हुने नेता तामाङको भनाइ छ । 

यसैगरी सोमबार दिउँसो १ बजे नै नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बोलाइएको छ ।  माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । माओवादीले सम्भवतः सोमबारको बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने नेताहरुले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस