तत्काल सरकार परिवर्तन हुँदैन : मुख्यमन्त्री  भट्ट

सफल खबर संवाददाता

आइतबार, ०५ बैशाख २०७८, १२ : ३६
तत्काल सरकार परिवर्तन हुँदैन : मुख्यमन्त्री  भट्ट

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तत्काल सरकार परिवर्तन नहुने बताएका छन् । केही नेताहरू मिसन बनाएरै आफूलाई हटाउन लागिपरेको उनको आरोप छ ।

नेपाल पत्रकार महासङ्घ कैलाली शाखामा निर्वाचित पदाधिकारीहरूको पदस्थापन कार्यक्रममा मुख्यमन्त्री भट्टले विभिन्न सञ्चारमाध्यमहरूमा सरकार परिवर्तनको चर्चा आइरहेपनि त्यस विषयमा कुनै छलफल नभएको बताए ।‘हिजो हामीले नेता मानेका मान्छेहरू आज सुदूरपश्चिम प्रदेश सरकार हटाउन मिसन बनाएर लागेका छन्’ मुख्यमन्त्री भट्टको आरोप थियो ।

‘पछिल्लो समय सरकारको विषयमा धेरै समाचार आएका छन् । मुख्यमन्त्री हटाउने बारेमा पनि समाचार छन्,’ उनले भने ।, ‘स्थायी सरकारको कल्पना गरेर नै हामीले चुनावमा लडेका हौँ तर विडम्बनाको कुरा छ त्यो हुन सकेन । पछिल्लो परिस्थिति जटिल बनेको छ ।’ केन्द्रको असर अहिले प्रदेशहरूमा पनि परिरहेको उनको भनाइ थियो ।

कोरोना महामारी नियन्त्रणमा संघीय सरकारबाट सहयोग नभएको उनको आरोप छ ।कोरोना महामारीमा सङ्घीय सरकारले हामीलाई सहयोग नगरेको कारणले हामीलाई धेरै समस्या भयो’ उनले गुनासो पोखे ।

मुख्यमन्त्री भट्टले भारतबाट नेपाली ल्याउने, सीमामा अलपत्र परेकाहरूलाई उद्धार गर्ने, परीक्षणको दायर बढाउने, अस्पताल स्थापना र औषधीको व्यवस्थापनमा सङ्घीय सरकारबाट असहयोग भएको दावी गरे ।

प्रतिक्रिया दिनुहोस