ब्राउनसुगर सहित ५ जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, ०५ बैशाख २०७८, ११ : ५८
ब्राउनसुगर सहित ५ जना पक्राउ

काठमाडौं । बाँकेको नेपालगञ्ज उप–महानगरपालिका–१२ कोरियनपुरबाट प्रहरीले ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरेको छ ।

बैजनाथ गाउँपालिका–४ घर भएका २१ वर्षीया निशा वली सहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनिहरुको साथबाट प्रहरीले ८ ग्राम १ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।

लागु औषध सेवन गरेर झगडा गरेको खबर पाएपछि खटिएको प्रहरीले चेकजाँच गर्दा उनिहरुको साथमा ब्राउन सुगर फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस