लुम्बिनी प्रदेशमा ५ घन्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०५ बैशाख २०७८, ०९ : ०९
लुम्बिनी प्रदेशमा ५ घन्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु

लुम्बिनी । शनिबार राति ५ घन्टाको अन्तरालमा लुम्बिनी प्रदेशमा कोरोना संक्रमणबाट  ४  जनाको मत्यु भएको छ । भैरहवा मेडिकल कलेज रुपन्देहीको  मायादेवी  गाउँपालिका ५ की ६५  वर्षीया महिलाको  कोरोना  संक्रमणबाट मृत्यु भएको प्रहरीेले जनाएको छ । 

जिल्ला  प्रहरी  कार्यालय रुपन्देहीका प्रबक्ता डिएसपी सत्यनारायण थापाका अनुसार नेपालगन्जको  भेरी  कोरोना  विशेष अस्पतालमा  साँझ  ७  बजे  बर्दियाको राजपुर गाउँपालिका–१ का ७३  वर्षीय पुरुष, ७: ४० बजे  बाँके जिल्लाको  बैजनाथ  गाउँपालिका–८ की ७८ वर्षीया महिला  र  दैलेखको नारायण गाउँपालिका –१ की ६८  वर्षीया महिलाको  ९  बजेको समयमा कोरोना संक्रमणबाट मृत्यु भएको भेरी कोरोना  विशेष अस्पतालले जनाएको छ  ।