काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सेक्युरिटी प्रेस खरिद प्रकरणमा आरोपित पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटालाई सार्वजनिक लेखासमितिको सदस्य बनाइएको भन्दै विरोध जनाएको छ । ट्रान्सपरेन्सीले बाँस्कोटालाई लेखासमितिकै सदस्य बनाएपछि सो प्रकरणमा पदीय प्रभाव पर्ने निश्चित भएकाले उनलाई समितिमा पठाइनु सर्वथा अनुचित हुने एक विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।
‘सेक्युरिटी प्रेस खरिद प्रकरणमा मन्त्रीको हैसियतमा बाँस्कोटाले ७० करोड रुपैयाँ घूस मागेको ‘अडियो टेप’ सम्बन्धी प्रकरणको छिनोफानो भइसकेको छैन । लेखासमितिले सेक्युरिटी खरिद प्रक्रिया र अडियो टेपका विषयमा थप छानबिन गरी भ्रष्टाचार मुद्दा लगाउन २०७६ फागुन ३० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई फाइल पठाएको थियो’, विज्ञप्तिमा भनिएको छ, ‘लेखासमितिले छानबिन गरी मुद्दा नचलाएको विषयमा आयोगसँग जानकारी मागिरहेको अवस्था छ । बाँस्कोटालाई लेखासमितिकै सदस्य बनाएपछि यो प्रकरणमा पदीय प्रभाव पर्ने निश्चित भएकाले बाँस्कोटालाई लेखासमितिमा पठाइनु सर्वथा अनुचित छ ।’
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको सो सिफारिस नेपाल सरकारको भ्रष्टाचार विरुद्धको ‘शून्य सहनशिलता’ नीतिको प्रतिकूल रहेको पनि ट्रान्सपरेन्सीले भनेको छ । मुलुककै ठूलो र जिम्मेवार सत्तारुढ पार्टीले आरोपित व्यक्तिलाई लेखासमितिमा पठाउने कार्य सुशासनविरुद्ध भएको हुँदा त्यो निर्णय तत्काल फिर्ता लिन पनि ट्रान्सपरेन्सीले जोडदार माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ बैशाख २०७८, १० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समितिमा आएका उजुरी केबल सूचना हुन् : गोकुल बास्कोटा
हाइट र लाइट एमालेकै टोपी, धोती लगाएर बढाए : गोकुल बास्कोटा
यो सरकार फेल भयो भने धेरै कुरा फेल हुन्छः गोकुल बाँस्कोटा
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा
गोकुल बाँस्कोटाको रविलक्षित टिप्पणी– 'चितवनमा जान्नेलाई छान्ने चान्स आउने पक्काजस्तै छ'
दूध किसानले भिख मागेका होइनन्, सरकारको जवाफदेहितामा प्रश्न उठिसक्यो : गोकुल बास्कोटा