प्रदर्शनमा उत्रिएका कर्मचारीमाथि प्रहरी हस्तक्षेप, सातजना पक्राउ

सफल खबर संवाददाता

विहीबार, ०२ बैशाख २०७८, १२ : ३४
प्रदर्शनमा उत्रिएका कर्मचारीमाथि प्रहरी हस्तक्षेप, सातजना पक्राउ

काठमाडौं । सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएका कर्मचारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ । निजामति सेवा ऐनमा बहालवाला कर्मचारीलाई विभेद गर्ने खालका प्रावधान राखिएको भन्दै सिंहदरबारभित्रै कर्मचारीहरु विरोधमा उत्रिएका हुन् । प्ले कार्ड बोकेर उनीहरु शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका थिए ।

निजामति सेवा ऐनमा बहालवाला कर्मचारीको वृत्ति विकासमा अवरोध हुने गरी व्यवस्था राखिएको हुँदा त्यसको खारेजीको माग गदैै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । तर प्रहरीले सिंहदरबारभित्र आन्दोलन गर्न नपाइने भन्दै सातजनालाई पक्राउ गरेको छ ।