काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६०३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ८१ हजार ५८७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको चार हजार २८९ पीसिआर परीक्षणबाट ५८० र ४५१ एन्टिजेन परीक्षणबाट २३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २२ लाख ३६ हजार ५२६ पुगेको छ । हाल ४८ जना क्वारेन्टिनमा रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
पछिल्लो २४ घण्टामा थपिएका कूल सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकाका मात्र २५४ जना रहेका छन् । तमिध्ये काठमाडौँका १७३, ललितपुरका ६१ र भक्तपुरका २० जन रहेका छन् । उपचार गराएर घर फर्किनेको सङ्ख्या हालसम्म दुई लाख ७४ हजार ४४७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १२९ सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
हाल देशभर चार हजार ५६ सक्रिय सङ्क्रमित रहेका छन् । यीमध्ये ४५७ जना संस्थागत आइसोलेशनमा तथा तीन हजार ५९९ होम आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
तीन सङ्क्रमितको मृत्यु
पछिल्लो समय नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ६१ पुगेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०१ बैशाख २०७८, १८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट