नयाँ वर्षको अवसर पारेर विष्णुमति सफाई अभियान शुरु

सफल खबर संवाददाता

बुधबार, ०१ बैशाख २०७८, ११ : ५३
नयाँ वर्षको अवसर पारेर विष्णुमति सफाई अभियान शुरु

काठमाडौं । नयाँ वर्ष २०७८ को अवसर पारेर बुधबारदेखि विष्णुमति नदी सफाई अभियान शुरु गरिएको छ । बुधबार नयाँ वर्षको पहिलो दिन पारेर विष्णुमति नदी सफाई अभियान शुरु गरिएको हो । विष्णुमति सफाई अभियानको आयोजनामा बुधबार बिहान विष्णुमति नदीको शोभा भगवति क्षेत्रबाट सफाई अभियान प्रारम्भ गरिएको छ ।

विष्णुमति नदी उपत्यकाबासीको सभ्यता, धर्म, परम्परा र जीवनपद्धतीसँग जोडिएको भएपनि हाल प्रदुषित अवस्थामा रहेका कारण वातावरण बिग्रदै गइ मानव स्वास्थ्यलाई समेत असर पर्न थालेकाले विष्णुमति नदी सफाई अभियान सञ्चालन गर्नुपरेको सांसद जीवनराम श्रेष्ठले बताए ।

विष्णुमति सफाइ हरेक महिनाको अन्तिम शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म गरिने उनले जानकारी दिए । आगामी दिनमा अझै बढी समय दिइने पनि उनको भनाई छ ।

विष्णुमति सफाइमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, काठमाडौँ महानगरपालिका, विभिन्न संघसंस्थाहरु र स्थानीयको सहभागिता रहेको रहेको थियो । विष्णुमति सफाई अभियानलाई थप विस्तार प्रभावकारी बनाउँदै लगिने आयोजकले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस