पर्सामा कोरोनाबाट २ जनाको मृत्यू

सफल खबर संवाददाता

मंगलबार, ३१ चैत्र २०७७, २० : ५३
पर्सामा कोरोनाबाट २ जनाको मृत्यू

काठमाडौँ । प्रदेश नम्बर २ को पर्सामा कोरोना संक्रमणबाट २४ घण्टामा २ जनाको मृत्यु भएको छ । वीरगञ्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा उनीहरुको मंगलबार बिहान मृत्यु भएको हो ।

मृत्यु हनुेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ स्थित प्रगतिनगर बस्ने ६२ वर्षीय पुरुष र बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ९ बस्ने ३७ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि तीन दिनपूर्व अस्पताल भर्ना भएका ६२ वर्षीय पुरुषको मंगलबार बिहान अन्दाजी ८ बजेर २० मिनेटमा मृत्यु भएको हो । एक महिनापूर्व नयाँ दिल्लीमा छोरालाई भेट्न गएका उनी केही दिनअघि मात्रै नेपाल फर्किएका थिए ।

स्वासप्रस्वासमा समस्या देखिनुका साथै खोकी र ज्वरो लागेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । त्यस्तै बाराका संक्रमित पनि आज विहान नारायणी अस्पतालमै मृत्यु भएको डाक्टर निरज सिंहले जानकारी दिए ।
 ।