कोरोना अपडेट : थपिए ४ सय ६० जना कोरोना संक्रमित, ५ जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ३१ चैत्र २०७७, १६ : ५८
कोरोना अपडेट : थपिए ४ सय ६० जना कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ६०  जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार ९ सय ८४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार १ सय ५३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७४ हजार ३ सय १८ पुगेको छ। हाल देशभर ३ हजार ६ सय ८ सक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५८ पुगेको छ।