प्रधानमन्त्री ओलीले जेष्ठ नागरिकलाई ढाँटे : सांसद रेग्मी

सफल खबर संवाददाता

सोमबार, ३० चैत्र २०७७, १४ : ०६
प्रधानमन्त्री ओलीले जेष्ठ नागरिकलाई ढाँटे : सांसद रेग्मी

काठमाडौं । सांसद उमा रेग्मीले प्रधानमन्त्री केपी शर्मा ओलीले जेष्ठ नागरिकलाई ढाँटेको आरोप लगाएकी छन् ।  उनले घरी रेल ल्याइदिने त कहिले रोजगारी दिने भन्दै प्रधानमन्त्रीले नेपाली जनतालाई ढाँट्ने गरेको भन्दै जेष्ठ नागरिकलाई पनि त्यसै गरिरहेको आरोप लगाइन् । 

ओलीले  जेष्ठ नागरिकलाई भत्ता बढाउने भन्दै आएपनि ५ हजार पुर्याएको भन्दै अहिलेको बजेटबाट पनि नदिएर ढाँट्न सक्ने भन्दै उनीहरुलाई दिएको आश्वासन पुरा गर्न सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा आग्रह गरिन् । 

यस्तै सांसद अनिलकुमार झाले अपांग, जेष्ठ नागरिक, दलित लगायतले पाउने सामाजिक सुरक्षा भत्ताको नवीकरण सहज बनाउन सरकारको ध्यानाकर्षण गराए ।


 

प्रतिक्रिया दिनुहोस