पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीमा राजनीतिक इमान्दारीता र नैतिकता हराएको आरोप लगाएका छन् ।सोमबार नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले देश विषम परिस्थितिमा पुगेकाले कांग्रेसले टुलुटुलु हेरेर नबसी तत्कालै निकासका लागि पहल गर्नुपर्नेमा जोड दिए ।
उनले तत्कालै नयाँ सरकार गठनसँगै पार्टीको महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्न र आगामी मंसिरमा वा चैतमा आम निर्वाचन गर्ने गरी अगाडी बढ्न पार्टी नेतृत्वलाई सुझाए ।
नेता कोइरालाले काँग्रेस नेतृत्व नयाँ सरकार गठनसंगै पार्टीको महाधिवेशन र निर्वाचनमा केन्द्रीत हुनु पर्ने बताए । उनले पार्टीको आन्तरिक झगडाका कारण प्रधानमन्त्री केपी ओलीले संविधान विपरित संसद विगठन गरेपछि विकसित राजनैतिक घटना क्रमसंगै मुलुक निकै जटिल मोडबाट गुज्रिएको बताए।
नेता कोइरालाले सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी ब्यूँतने फैसला गरेपछि मुलुकको राजनीतिक अवस्था बिग्रिएको बताए ।‘संविधान कुल्चिएर प्रधानमन्त्रीले गरेको संसद विघटनको निर्णय सर्वोच्च अदालतले रोकि दिएपछि प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनु पर्नेमा लाज पचाएर कुर्सीमा बसिरहे’ उनले भने। ‘सर्वोच्चबाट आफ्नो कदमका विरुद्ध फैसला आउँदा अलिकति उनलाई कुर्चीमा बस्न लाज लागेन। अलिकति बचेखुचेका नैतिकता पनि गुमाए ।’
नेता कोइरालाले प्रधानमन्त्री ओलीले संसदलाई विजनेस दिन नसक्नु र उपसभामुख लगायतको नियुक्ति गर्न नसक्नुले उनको नियत प्रष्टाएको बताए ।नेता कोइरालाले जनता समाजवादी पार्टीका एक खेमा ओली सरकारलाई टिकाउनका लागि सरकारमा जान सहकार्य गर्न लागिएको बताउँदै यदि त्यस्तो अवस्था सृजना भए त्यो मुलुकका लागि झनै घातक हुने चेतावनी दिए ।
उनले भने, ‘जसपाका संविधान संशोधन लगायतका मागहरु कांग्रेस र माओवादीले पहिले नै पूरा गर्न खोज्दा एमालेले नै विफल पारेको आरोप लगाए । ‘यस्तो अवस्थामा फेरि एमालेसँगै सहकार्य हुन खोज्नु राष्ट्रका लागि निकै घातक हुन सक्छ’ उनले भने ।नेता कोइरालाले आगामी महाधिवेशनमा आफ्नो उम्मेदवारी पार्टी सभापति बाहेक अन्यमा नहुने स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० चैत्र २०७७, १२ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेलायत जाँदै शेखर कोइराला
शेरबहादुर देउवा र गगन थापासँग कुनै विवाद छैन : शेखर कोइराला
चुनावी गठबन्धन रणनीतिक हुने भएपनि अहिले एक्लै लड्ने तयारी गर्नुपर्छ : शेखर कोइराला
प्रत्यक्षमा आरक्षण दिएर समानुपातिकको प्रतिशत घटाए हुन्छ : शेखर कोइराला
डाक्टर शेखर कोइराला काँग्रेस सभापतिमा उठ्ने
संविधान संशोधन गरेर स्थायी सरकार दिने वातावरण बनाउनुपर्छ : शेखर कोइराला