कांग्रेस पदाधिकारी बैठक शुरु,देउवा र पौडल अनुपस्थित

सफल खबर संवाददाता

आइतबार, २९ चैत्र २०७७, १५ : २७
कांग्रेस पदाधिकारी बैठक शुरु,देउवा र पौडल अनुपस्थित

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी कार्यालय सानेपामा शुरु भएको छ। बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल भने सहभागि छैनन्।

देउवा कार्यव्यस्तता र पौडेल कार्यक्रमको शिलशिलामा तनुहँमा भएका कारण बैठकमा उपस्थित हुन नसकेका हुन्।महाधिवेशनको कार्यतालिका, क्रियाशील सदस्यता लगायतका विषयमा छलफल गर्न बैठक बसेको हो ।

बैठकमा उपसभापतिहरु, विमलेन्द्र निधि र विजय गच्छेदार, महामन्त्रीहरु शशांक कोइराला र पूर्ण बहादुर खड्का, सहमहान्त्री प्रकाशशरण महत र कोषाध्यक्ष सितादेवी यादव लगायतको उपस्थिति छ।

त्यस्तै पूर्व पदाधिकारीहरुमा पूर्व महामन्त्रीदव्य कृष्ण सिटौला र प्रकाशमन सिंह र केन्द्रीय सदस्यहरु मीनेन्द्र रिजाल, रामशरण महत, अर्जुननरसिंह केसी लगायत उपस्थित छन्।

 

प्रतिक्रिया दिनुहोस