देशभर पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ५३२ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७९ हजार ७२५ पुगेको छ । त्यस्तै पछिल्लो समय थप १५१ जना निको भएका छन् ।
यो सँगै निको हुनेको सङ्ख्या दुई लाख ७३ हजार ८८६ पुगेको छ । निको हुने दर भने ९७ दशमलव नौ प्रतिशत रहेको छ ।
अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ८०० रहेको छ । उनीहरुमध्ये ८४ जना क्वारेन्टिनमा र अन्य आइसोलेसनमा रहेका छन् ।
हालसम्म नेपालमा २३ लाख नौ हजार ७७६ को पिसिआर परीक्षण भएको छ । त्यस्तै तीन हजार ३९ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २८ चैत्र २०७७, २० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट