घुस सहित प्रहरी जवान पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, २७ चैत्र २०७७, ११ : २४
घुस सहित प्रहरी जवान पक्राउ

काठमाडौं । सुनसरीको ईलाका प्रहरी कार्यालय सितागञ्जमा कार्यरत एकजना प्रहरी जवान घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जवान कासिन्दर यादवलाई घुससहित पक्राउ गरेको हो ।

४० हजार घुस रकम सहित उनलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले बताए ।ईप्रका सितागञ्जमा परेको उजुरी ‘मिलाइदिन्छु’ भनेर उनले सेवाग्राहीसँग घुस मागेका थिए । 

मोरङको विराटनगर महानगरपालिका–४ स्थित नोबेल मेडिकल कलेज नजिकैबाट आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । घुस प्रकरणबारे आयोगले अनसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस