पत्रकार महासंघ धनुषा र कास्कीमा महिला उम्मेद्वार विजय

सफल खबर संवाददाता

विहीबार, २६ चैत्र २०७७, १२ : ४९
पत्रकार महासंघ धनुषा र कास्कीमा महिला उम्मेद्वार विजय

काठमाडौं । पत्रकार महासंघको धनुषा र कास्की जिल्ला अध्यक्षमा पत्रकार महिला उम्मेद्वार विजय भएका छन् । बुधबार भएको निर्वाचनमा धनुषामा मनिका झा र कास्कीमा विमला भण्डारीको नेतृत्व चयन भएका हुन् ।

धनुषाकी मनिका झा अन्नपूर्ण पोष्ट दैनिककी प्रदेश २ को व्यूरो प्रमुखको रुपमा कार्यरत छिन् । प्रेस संगठनबाट उम्मेद्वार बनेकी झाको नेतृत्वमा उपाध्यक्षमा अवधेश कामत, महिला उपाध्यक्ष नेहा झा, सचिव बटुकनाथ झा, सह-सचिवमा निरन्जन साह, सह-सचिव समावेशीतर्फबाट गोविन्द महतो, कोषाध्यक्ष राजकमल सिंह चयन भएका छन् ।

यस्तै कास्कीकी विमला भण्डारीले १७४ मत ल्‍याउँदै प्रतिद्वन्द्वी केवशशरण लामिछानेलाई हराएकी हुन्। महिलाले मात्रै सञ्चालन गरिरहेको रेडियो जननी कास्कीकी संस्थापक स्टेसन मेनेजर हुन् भण्डारी । उनी न्यूनतम पारिश्रामिक निर्धारण समितिकी सदस्य समेत हुन् । उप निर्वाचनमा विद्या भट्टराईको निर्वाचन क्षेत्रबाट कांग्रेसको तर्फबाट उम्मेदवार सिफारिस समेत भएकी थिइन् ।

उनको नेतृत्वमा उपाध्यक्षमा रामप्रसाद तिमिल्सिना र महिला उपाध्यक्षमा जमुना वर्षा शर्मा विजयी भएकी छिन् । सचिवमा माधव बराल, सह-सचिव खुलातर्फ श्रीराम सिग्देल, सह-सचिव समावेशी तर्फबाट रेम विश्वकर्मा, कोषध्यक्षमा एकराज गिरी विजय भएका छन् । तीन सय १२ मतदाता भएको कास्कीमा तीन सय ५ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस