लगातार उकालो लाग्दै नेप्स

सफल खबर संवाददाता

मंगलबार, २४ चैत्र २०७७, १७ : ०८
लगातार उकालो लाग्दै नेप्स

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्से १५.७२ अंक अर्थातः शून्य दशमलव ५९ प्रतिशतले बढेको छ । यो साता निरन्तर बढिरहेको परिसूचकले हरेक दिन उच्च विन्दुको रेकर्ड समेत राखिरहेको छ । मंगलबार नेप्से १६७४.४७ विन्दुमा पुगेर रोकिएको छ ।

मंगलबार होटेल र पर्यटन, विकास बैंक, जलविद्युत्, निर्माण तथा उत्पादन, लघुवित्त, म्यूचअल फण्ड र लगानी समूहका लगानीकर्ताहरुले कमाएका छन् । मंगलबार बैंकिङ, व्यापार, वित्त, निर्जीवन बीमा, जीवन बीमा र अन्य समूहका लगानीकर्ताले भने गुमाएका छन् ।

तेस्रो दिन लगातार वृद्धि हुने क्रममा आज चार वटा कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । मंगलबार कारोबार रकम समेत सोमबारकै हाराहारीमा भएको छ । आइतबार ९ अर्ब भन्दा माथिको कारोबार भएकोमा सोमबार कारोबार ७ अर्ब २९ करोड ६७ लाख रुपैयाँको थियो ।

मंगलबार कोरोबार रकम समेत वृद्धि भई ७ अर्ब ४७ करोड ७७ लाख रुपैयाँ बराबरको भएको छ । मंगलबार कुल २१३ कम्पनीको कारोबार भएको छ । यस दिन ८१ हजार ७ सय ५३ कारोबार अंकबाट १ करोड ६१ लाख ८ हजार ४ सय ९९ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस