सुर्खेत । जाजरकोटमा यातायात समुहका मजदुरहरु बीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । जाजरकोट–डोल्पा यातायात समितिका मजदुरको दुई समूहबीच गाडीको रुटको विषयमा विवाद भइ झडप हुँदा नलगाड नगरपालिका–४ का ३५ वर्षीय नरेश रावलको मृत्यु भएको जाजरकोट प्रहरील जानकारी दिएको छ।
झडप जाजरकोटको बारेकोट गाउँपालिका–२ लिम्सामा भएको हो । उनको शव शुक्रबार दिउँसो बारेकोटकै देउलस्थित खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी मधु थापाले बताए । झडपमा परी नलगाड–४ का सुजन कार्की र विकास रावल घाइते भएको पनि प्रहरीले जनाएको छ ।
घटनामा संलग्नको भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० चैत्र २०७७, १७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जाजरकोटको विद्यालयलाई ७ लाखभन्दा बढी सहयोग हस्तान्तरण
जाजरकोटको चौखामा विद्युत् सबस्टेशन निर्माण
भूकम्प पीडितको अस्थायी टहरामाथि पहिरो खस्दा चार जना घाइते
बाढीमा परी जाजरकोटमा शिक्षकको मृत्यु
एमाले जाजरकोटको अध्यक्षमा शाही विजयी
जाजरकोट भूकम्प प्रभावित पालिका विपद् संकटग्रस्त क्षेत्र घोषणा