काठमाडौं । बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १२ दशमलव ८८ अंकले बढेर २ हजार ६ सय ३१ दशमलव ८९ अंकमा पुगेको छ ।
क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ८३ अंकले बढेर ४ सय ६६ दशमलव ४२ अंकमा पुगेको छ । कारोबार रकममा पनि सुधार भएको छ । बुधबार सवा ६ अर्बको सेयर कारोबार भएकोमा बिहीबार ७ अर्ब माथि कारोबार रकम पुगेको छ ।
दिनभर भएका ७३ हजार ६ सय ६७ कारोबारबाट २ सय १८ कम्पनीका १ करोड ४२ लाख ६८ हजार ५ सय ९२ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ७ अर्ब १८ करोड ४२ लाख ६६ हजार १ सय २५ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
नेप्सेमा कारोबार हुने चार समूहहरुको सब इन्डेक्स घटेको छ । बाँकी सबै समूहहरुको सबइन्डेक्स बढेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूहका लगानीकर्ताले बिहीबार गुमाएका छन् ।
यो समूहको सब इन्डेक्स ७७ दशमलव २२ अंकले घटेको छ । कमाउनेहरुमा भने व्यापार समूहका लगानीकर्ताहरु देखिएका छन् । यो समूहको सबइन्डेक्स २६८ अंक भन्दा धेरैले बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ चैत्र २०७७, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घटेको सेयर बजारमा कारोबार ७ अर्ब नाघ्यो
नेप्से परिसूचक ६.५३ अंकले बढ्यो
नेप्से परिसूचकमा ६ अङ्कको वृद्धि
२६४० अंकमा पुग्यो सेयर बजार
साताको कारोबारको पहिलो दिन नेप्से ५.३२ अंकले बढ्यो
शेयर बजारमा सामान्य वृद्धि, बढ्यो कारोबार