राष्ट्रिय अनुसन्धान केन्द्रलाई प्रदेश प्रमुखको आर्थिक सहयोग

रासस

बुधबार, १८ चैत्र २०७७, २० : ५३
राष्ट्रिय अनुसन्धान केन्द्रलाई प्रदेश प्रमुखको आर्थिक सहयोग

काठमाडौं । प्रदेश नं. २ का प्रमुख डा राजेश अहिराजले आफ्नो पहिलो महिनाको पारिश्रमिकको आधा रकम महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्नुभएको छ । 

उहाँले आज केन्द्रको भ्रमण निरीक्षण गर्दै आफ्नो पहिलो महिनाको पारिश्रमिकको आधा रकम केन्द्रलाई सहयोग गर्नुभएको हो । सो अवसरमा प्रदेश प्रमुख डा अहिराजले प्रदेश नं २ मा पनि केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिदैं यसका लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । 

केन्द्रका सञ्चालक पुनले प्रदेश नं २ मा केन्द्र स्थापना गर्न आफू इच्छुक रहेको बताउँदै त्यसका लागि जग्गा र बजेटको व्यवस्थापन सहयोग गर्न आग्रह गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस