आज कति छ सुनचाँदीको मूल्य ?

सफल खबर संवाददाता

बुधबार, १८ चैत्र २०७७, ११ : १४
आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । बुधबार सुनको मूल्यमा गिरावट आएको छ । आज सुन तोलामा चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८५ हजार ६०० रुपैयाँ तोकिएको छ ।

यसैगरी तेजावी सुन प्रतितोला ८५ हजार १५० रुपैयाँ कायम भएको छ । हिजो मंगलबार छापावल सुन प्रतितोला ८६ हजार रहेको थियो ।

आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी तोलामा २० रुपैयाँ घट्दै आज तोलाको १ हजार १९५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस