काठमाडौं । नेपाली सेनालाई भारतीय सेनाले सहयोग स्वरुप प्रदान गरिएको एक लाख डोज कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएको छ ।
सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले उक्त खोप हस्तान्तरण गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
भारतीय स्थल सेनाध्यक्ष जनरल एमएम नरवणेले प्रधान सेनापति थापालाई भर्चुअल माध्यमबाट खोप ग्रहण गर्न अनुरोध गरेपछि उक्त खोप हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण समारोहमा जनरल नरवणेले मित्र राष्ट्रलाई महामारीको समयमा सक्दो सहयोग गर्ने भारतीय सरकारको नीतिअनुसार घनिष्ट सम्बन्ध रहेको नेपाली सेनालाई खोप सहयोग गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताउनुभएको थियो ।
प्रत्युत्तरमा प्रधानसेनापति थापाले सहयोगको लागि भारतीय सेनाका सकल दर्जालाई धन्यवाद ज्ञापन गर्दै नेपाली सेनाका सकल दर्जा एवं प्राथमिकताका आधारमा हिताधिकारी लाभान्वित हुने विचार व्यक्त गर्नुभएको थियो ।
महामारी विरुद्धको लडाइँमा नेपाली सेना अझ बढी प्रभावकारी रूपमा जनताको सेवामा लाग्न सक्षम हुने बताउँदै थापाले यस कार्यबाट दुई देशका सेनाबीचको सम्बन्ध अझ बढी प्रगाढ भएको भावना व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १७ चैत्र २०७७, २० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गोरखाबाट एकीकरण पदयात्रामा निस्कियो नेपाली सेनाको टोली
मध्य अफ्रिकी गणराज्यमा तैनाथ शान्ति सेनाको अदलीबदली
भैरहवामा फेला परेको बम नेपाली सेनाद्वारा निष्क्रिय
सिरियामा नेपाली शान्ति सेना सुरक्षित : नेपाली सेना
सैनिक तालिम महानिर्देशनालयको महानिर्देशकमा शाह नियुक्त
मकवानपुरमा गुडिरहेको नेपाली सेनाको ट्रकमा आगलागी