पूर्वकप्तान विराज महर्जनले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास

सफल खबर संवाददाता

मंगलबार, १७ चैत्र २०७७, ०८ : ५५
पूर्वकप्तान विराज महर्जनले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास

काठमाडौँ । त्रिदेशीय कपको उपाधि जितसँगै नेपाली फुटबल टोलीका पूर्वकप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन् ।उनले सोमबार भएको बङ्गलादेश विरुद्धको खेलबाट सन्यास लिने यसअघि नै घोषणा गरेका थिए ।

पूर्वकप्तान महर्जनको दशरथ रङ्गशालामा सोमबार बेलुका भव्य रुपमा बिदाइ गरिएको हो । बङ्गलादेश विरुद्धको खेलमा उनी खेलको ८९ औँ मिनेटमा मैदानमा प्रवेश गरेका थिए ।

उनी नेपालका तर्फबाट सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी हुन् । महर्जनले ७३ खेल खेलेका छन् । त्रिदेशीय कपको उपाधि नेपालले बंगलादेशलाई २–१ ले पराजित गरेर उचालेको हो ।

प्रतिक्रिया दिनुहोस