आजको मौसम : पहाडी भू–भागहरुमा चट्टयाङ्ग सहित वर्षाको सम्भावना

सफल खबर संवाददाता

मंगलबार, १७ चैत्र २०७७, ०७ : ३०
आजको मौसम : पहाडी भू–भागहरुमा चट्टयाङ्ग सहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली एक दुई स्थानमा मेघगर्जन–चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध समेत गरेको छ । 

विभागले मंगलबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य  बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा  रहने अनुमान गरेको छ । यस्तै पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । 

यस्तै राति पनि पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहनुबाहेक अन्य स्थानमा दिउँसोको जस्तै मौसम हुनेछ । यस्तै काठमाडौंसहित देशभर तुवाँलोले वायुमण्डल ढाकेको छ ।

प्रतिक्रिया दिनुहोस