'विभाजनको बाटो कोर्ने अभ्यास सुरु भयो'

पत्रपत्रिकाबाट

मंगलबार, १७ चैत्र २०७७, ०७ : १३
'विभाजनको बाटो कोर्ने अभ्यास सुरु भयो'

नेकपा एमालेका नेता ठाकुर गैरेले पार्टीका नेता माधव कुमार नेपाल र भीम रावललाई कारबाही गर्ने संस्थापन पक्षको निर्णयको विरोध गरेका छन् । 

उनले एकता संघर्ष र रुपान्तरणको बाटो छोडेर विभाजनको बाटो कोर्ने अभ्यास सुरु भएको टिप्पणी गरेका छन् । 

‘एकता संघर्ष र रुपान्तरणको बाटो छोडेर बिभाजनको बाटो कोर्ने अभ्यास सुरु भएको छ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नेकपा एमालेको एकता कायम राख्न २०७५ जेठ २ गतेको बिन्दुबाट पार्टी संचालन हुनु पर्छ।’

उनले कारबाहीको बाटो नभइ समस्याको समाधान संवादमार्फत खोज्न पनि आग्रह गरेका छन् । 

सोमबार पार्टी अध्यक्ष केपी ओलीले नेपाल र रावललाई ६ महिने निलम्बनको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस