'सेन्ट्रल कलेज स्व. बिजय खड्गी स्मृति गोल्डकप’ : बागमती युवा क्लब सेमिफाइनलमा प्रवेश

सफल खबर संवाददाता

सोमबार, १६ चैत्र २०७७, २० : १३
'सेन्ट्रल कलेज स्व. बिजय खड्गी स्मृति गोल्डकप’ : बागमती युवा क्लब सेमिफाइनलमा प्रवेश

चितवन । दुई पटकको अग्रता जोगाउन नसक्दा लेखनाथ युनाइटेड कास्की चितवनमा जारी ’सेन्ट्रल कलेज स्व. बिजय खड्गी स्मृति गोल्डकप फुटबल’ मा पराजित भएको छ । आज (सोमबार) भएको खेलमा लेखनाथ बागमती युवा क्लब सर्लाहीसँग पराजित भएको हो ।

बागमतीले कास्कीलाई टाइब्रेकरमा ४–३ ले पराजित गरेको हो । त्यस अघी निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो । खेलमा अग्रताभने लेखनाथले लिएको थियो । दोस्रो हाफको पहिलो मिनेटमा नै कुलदीप कार्कीले लेखनाथ लाई अग्रता दिलाएका थिए । रुपक लामाको फ्रीकिक बागमतीका गोल रक्षकले रोक्ने क्रममा भएको रिबाउण्डमा कार्कीले गोल गरेका थिए ।

दोस्रो हाफको १७औं मिनेटमा बागमती खेलमा फर्कियो । स्टेफनको पास माम्या क्सवलले गोल गर्दै खेलमा २–२ को बराबरी गरे । २५ औं मिनेटमा लेखनाथले फेरी अग्रत ालियो । फोफोनाले गोल गर्दै लेखनाथलाई २–१ को अग्रतादिलाए । लगत्तै २८ औं मिनेटमा स्टेफनले गोल गरेपछि बागमती २–२ को बराबरी गर्न सफलभयो ।

जितसँगै बागमती प्रतियोगिताकोे सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको म्यान अफ दि म्याच बागमतीमा स्टेफन घोषित भए । प्रतियोगिता अन्तर्गत मंगलबार अफ्रिकन रूट्स एसोसिएसन क्यामरुन र हानामीएभरेष्ट क्लब भरतपुरबीच खेल हुनेछ ।

चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको बिजेताले ३ लाख तथा उपबिजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफदि म्याचले ५ हजार, प्रतियोगिता भरको उत्कृष्ट खेलाडीले २० हजार तथा विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस