खुल्ला महिला दौड प्रतियोगितामा नवलपुरकी खिम कुमारी प्रथम

सफल खबर संवाददाता

सोमबार, १६ चैत्र २०७७, १६ : ३०
खुल्ला महिला दौड प्रतियोगितामा नवलपुरकी खिम कुमारी प्रथम

चितवन । पश्चिम चितवनको पर्यटकीय स्थल बाटुली पोखरी र दक्षिकाली मन्दिरको प्रचारप्रसारको लागि आयोजित खुल्ला महिला दौड प्रतियोगितामा नवलपुरकी खिम कुमारी गुरुङ्ग प्रथम भएकी छिन् । ‘पर्यटकीय स्थल बाटुली पोखरी र दक्षिणकालि मन्दिरको प्रचारप्रसारको लागी म’ भन्ने नाराका साथ तराई होलीको अवसरमा आयोजित दौड प्रतियोगिता भरतपुर महानगरपालिका वडा नम्बर ६ को दक्षिकाली मन्दिर देखि भरतपुर १३ मा रहेको बाटुली पोखरीसम्म भएको थियो । 

झण्डै २ किमिको दौड गुरुङ्गले ६ मिनेट ५६ सेकेन्डमा पूरा गरी प्रथम भएकी हुन् । चितवनकी रजिना श्रेष्ठले ६ मिनेट ५७ सेकेन्ड दौड पुरा गरी दोस्रो भईन् । मकवानपुरकी सपना गुरुङ्गले ६ मिनेट ५८ सेकेन्डमा दूरी पार गर्दै तेस्रो हुँदा ७ मिनेटमा उक्त दुरी पुरा गरी लम्जुङ्गकी वाला गुरुङ्ग चौथो भईन् ।  ५० भन्दा बढि धावक सहभागी भएको उक्त दौड प्रतियोगितामा प्रथम हुनेले नगद चार हजार ४४४, द्वितीय हुनेले तीन हजार ३३३, तृतीय हुनेले दुई हजार २२२ र सान्तवना हुनेले एक हजार १११ को साथमा प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गरेको कार्यक्रम संयोजक रेशम तिमिल्सिनाले जानकारी दिए । 

कोरोनाको कारणले ठप्प बनेको पर्यटकीय गतिविधि आन्तरिक पर्यटक मार्फत् चलायमान गराउने र स्थानीय पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने उद्देश्यले दौड प्रतियोगिता गरिएको लियो क्लवका अफ गीतानगरका अध्यक्ष संजिव ओझाले जानकारी दिए । विगत १२ वर्षदेखि लियो क्लव अफ गीतानगरले खेलकुद क्षेत्रको विकाससंगै चार्डपर्वको बेलामा युवा पुस्तालाई सकारात्मक कार्यतर्फ प्रेरित गर्ने उद्देश्यले लियो खुल्ला दौड प्रतियोगीता गर्दै आएको छ । यस अघि ११औं संस्करण सम्म पुरुष खुल्ला दौड आयोजना गरेको क्लवले पहिलो पटक महिला दौड गरेको हो ।

सामुदायीक वन अन्तर्गत पर्ने बाटुली पोखरीमा हात्ती सयर, डुंगा सयरको व्यवस्था पनि छ । दक्षिणकालि मन्दिर धार्मीक पर्यटकीय स्थल हो । लियो क्लव अफ गीतानगर र योङ्ग–नेपालको आयोजना सम्पन्न दौड कार्यक्रममा लायन्स क्लव अफ गीतानगर, वाटुली पोखरी मध्यवर्ती सामुदायीक वन उपभोक्ता समूह र दक्षिणकालि मध्यवर्ती सामुदायीक वन उपभोक्ता समूहको सह–आयोजना रहेको थियो ।

कार्यक्रममा महिला खेलाडीलाई प्रोत्सानमा महत्तपूर्ण भुमिका निर्वाह गरेको भन्दै कान्ति महत्तो र बाटुली पोखरी प्रचारको लागी महत्तपूर्ण योगदान गरेको भन्दै हरिदत्त मिश्रलाई सम्मान गरीएको थियो । 
 

प्रतिक्रिया दिनुहोस