चन्द्रागिरि हिल्सको शेयर मूल्य घट्न थाल्यो

सफल खबर संवाददाता

सोमबार, १६ चैत्र २०७७, १३ : ०७
चन्द्रागिरि हिल्सको शेयर मूल्य घट्न थाल्यो

काठमाडौं । लगातार एक महिनादेखि निरन्तर ९ प्रतिशतमाथि बढ्दै आएको चन्द्रागिरि हिल्सको शेयर मूल्य आज ३४ दिन पछिाडि घट्न पुगेको छ ।

चन्द्रागिरिको शेयर मूल्य गत माघ महिनाको २५ गतेदेखि धितोपत्रबोर्डमार्फत दोस्रो बजारमा कारोबार शुरु भएको थियो । चन्द्रागिरिको शेयर मूल्य आज चैत १६ गते ६.६३ प्रतिशतले घटेको छ ।

चन्द्रागिरिको शेयर मूल्य घटेपनि कारोबार रकम भने अहिलेसम्मको समयावधिमा सबभन्दा धेरै छ । ११.४५ बजेको कारोबारसम्म १९ करोड ६७ लाख ७२ हजार २०३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस