रंग स्वास्थ्यको लागि हानिकारक

सफल खबर संवाददाता

आइतबार, १५ चैत्र २०७७, ११ : ४०
रंग स्वास्थ्यको लागि हानिकारक

काठमाडौँ । होलीमा खेल्न रंग स्वास्थ्यको लागि हानिकारक छ । प्राचीन वा प्राकृतिक कालमा फूल र रुखबाट प्राप्त रंग प्रयोग हुन्थ्यो, जुन रंग स्वास्थ्यको लागि फाइदाजनक हुन्थ्यो । शरीरलाई हानी गर्दैनथ्यो । हाल रसायन मिसाइएका कृत्रिम रंगको बोलवाला छ जस्ले फोक्सो, छाला, आँखा, दांत, मुख, नाक, कान, घाँटी, कपाललगायतका अंगमा हानी गर्दछ ।

होलीमा लोला प्रहारले आँखामा क्षति, दृष्टि गुम्ने, कानको पर्दा च्यातिने, संक्रमण हुने, छालाको माथिल्लो तहमा क्षति पुग्ने र कान तथा संवेदनशील अंगहरुमा लाग्दा घाइते, बेहोश र मृत्यु पनि हुनसक्छ ।

मदिरा, भाङ जस्ता नशालु पदार्थ सेवनसंगै होली खेल्दा रंग आँखा, नाक, मुख हुँदै शरीरभित्र पस्नसक्छ । स्वासनली, मुटु, मिर्गौला जस्ता संवेदनशील अंगमा गएर टाँसिन्छन् । रंगलाई तेलमा मिसायर छालामा लगाउँदा झनै समस्या बढ्छ ।

धेरैजसो अजैविक सुख्खा रंग वा अबिरमा हुने कलरेन्ट र अस्वेष्टस वा सिलिका दुवै स्वास्थ्यका लागि खतरनाक हुन्छन् । अस्वेष्टसले कयान्सर बनाउने र सिलिकाले छालालाई असर गर्ने तथ्य सर्वविदितै छ ।

रंग आँखामा पर्दा आखाँमा क्षति हुने, रातो हुने, दुख्ने, बिझाउने, चिलाउने, कम देख्ने, फुलो पर्ने तथा अन्धो हुनेसम्मका समस्याहरु देखिन्छन् । घाम लागेको बेलामा रसायन मिसिएका र अनुहारमा दल्दा छालामा दिर्घकालीन असरहरु देखिन्छन् । लोलामा मोबिल, अण्डा, इनामेल, मट्टितेल र फोहोर पानीको प्रयोग बढ्दो छ जस्ले उत्पन्न गराउने समस्या र रोग झनै अन्गीन्ती छन् ।

प्रहरीले होली पर्व मनाउने नाममा सर्वसाधारण तथा विदेशीमा जर्वजस्ती रंग तथा रसायनयुक्त पदार्थ दले, फोहोर पानी छ्यापे, अभद्र व्यवहार गरे, मादक पदार्थ सेवन गरी झगडा गरे सार्वजनिक मुद्दा चलाउने चेतावनी दिएको छ । त्यसैले होली खेल्दा सावधानी अपनाउन जरुरी छ । त्यस्तै जनस्वास्थ्यप्रति पनि सचेत हुन आवश्यक छ । रंग लगाउँदा आँखा, मुख बन्द गर्नुपर्छ । आँखामा रंग पस्दा माड्न हुँदैन । दलेको रंग नमाडी पखाल्न पर्छ ।

 

प्रतिक्रिया दिनुहोस