सुदूरपश्चिमका जनताले प्रदेश सरकार फाल्न चाहेका छन् : भट्ट

सफल खबर संवाददाता

शनिबार, १४ चैत्र २०७७, १८ : १७
सुदूरपश्चिमका जनताले प्रदेश सरकार फाल्न चाहेका छन् : भट्ट

धनगढी । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिममा जनताले अहिलेको यहाँको प्रदेश सरकार फाल्न चाहेको बताएका छन्।

एमाले सुदूरपश्चिम प्रदेशका इन्चार्ज समेत रहेका भट्टले धनगढीमा पत्रकारसँग कुरा गर्दै प्रदेशको सरकार फाल्ने विषयमा नेतृत्व तहमा छलफल भइहरेको बताए। ‘सरकारले आफैं राजीनामा दिँदैन होला, अविश्वासको प्रावधान ल्याउने कि समर्थन फिर्ता लिने भनेर छलफल हुँदैछ’ उनले भने।

प्रदेशको उच्च नेतृत्व धनगढीमा रहेका बेला वर्तमान प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा एमालेमा कुरा सुरू भएको हो। मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकार फाले एमालेबाट को बन्छ भन्ने चर्चा पनि सुरू भएको छ। वर्तमान राजनीतिक परिस्थितिमा पूर्वमन्त्री रहेका पठानसिंह बोहराको सम्भावना बलियो मानिएको छ।

अहिले सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ जना सांसद छन्। माओवादी केन्द्रबाट जितेका झपट बोहरा पनि एमालेमा आएका छन्।
 

प्रतिक्रिया दिनुहोस