नेता नवीन्द्रराज जोशीलाई श्रद्धाञ्जली दिँदै शुभचिन्तकहरु

सफल खबर संवाददाता

शनिबार, १४ चैत्र २०७७, १३ : ०५
नेता नवीन्द्रराज जोशीलाई श्रद्धाञ्जली दिँदै शुभचिन्तकहरु

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री नवीन्द्रराज जोशीलाई श्रद्धाञ्जली दिन शुभचिन्तकहरु उनको घरमा पुगेका छन्। दिवङ्गत नेता जोशीलाई श्रद्धाञ्जली दिन आज बिहानैदेखि शुभचिन्तकहरु उनको घर पुगेका हुन्।

नेता जोशीको शुक्रवार राति ८:२४ बजे निधन भएको थियो। गत फागुन १४ गते बिहान मस्तिष्काघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल लगिएको थियो । वीर अस्पतालले नर्भिक अस्पताललाई रिफर गरेपछि जोशी सोही अस्पतालमा उपचाररत थिए ।

विसं २०१९ असार ३ गते काठमाडौँमा जन्मिएका नेता जोशी काठमाडौँ क्षेत्र नं.८ बाट विसं २०७० सालमा तत्कालीन संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस