काठमाडौं । पछिल्लो २४ घण्टाका अबधिमा चार हजार ४१६ जनामा पीसीआर परीक्षण गर्दा १५६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारीअनुसार १५६ सहित कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ६६५ पुगेको छ ।
सोही अबधिमा ७० जना निको भएर फर्किएसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ७२ हजार ३४२ पुगेको छ । कोरोनाबाट निको हुनेको दर ९८.५ प्रतिशत पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १३ चैत्र २०७७, १९ : ५९
लेखकबाट थप