नेपाल र रावलको स्पष्टीकरण चित्तबुझ्दो आएन, जवाफ कारबाहीयोग्य छ : ओली

सफल खबर संवाददाता

शुक्रबार, १३ चैत्र २०७७, १७ : ५२
नेपाल र रावलको स्पष्टीकरण चित्तबुझ्दो आएन, जवाफ कारबाहीयोग्य छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चार जनाको स्पष्टीकरणमा माधव नेपाल र भीम रावलको स्पष्टीकरण चित्तबुझ्दो नभएको बताएका छन् ।  

शुक्रबार संसदीय दलको बैठकमा दलका नेता समेत रहेका ओलीले माधवकुमार नेपाल र भीम रावलको जवाफ सबैलाई मान्य नहुने खालको आएको बताए ।  प्रधानमन्त्रीले ओलीले दुई जनाको स्पष्टीकरण कारबाहीयोग्य रहेको बताउनुभएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । प्रधानमन्त्री ओलीले घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको स्पष्टीकरणमा चर्चा नगरेका भट्टराई बताउँछन् । 

बैठकमा ओलीले २८ फागुनदेखि पार्टी केन्द्रीय कमिटी र संसदीय दलले गरेको निर्णय फिर्ता नहुनेसमेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस