काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको एक्लौटी निर्णय फिर्ता नलिए पार्टी एक ढिक्कासहित परिचालित हुन नसक्ने वरिष्ठ नेता झलनाथ खनालले बताएका छन् ।
दलका नेता एवम् प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएको बैठकमा सहभागी नेता खनालले २ जेठ २०७५ को अगाडिकै अवस्थामा एमाले सञ्चालन हुनुपर्ने बताए ।
यो भन्दा अगाडि गरिएका निर्णयहरु फिर्ता लिएर जेठ २ गते पुग्ने अवस्था सिर्जना नगरिए पार्टी एकढिक्का सहित परिचालित हुन सक्दैन’, खनालको भनाइ थियो । खनालले आफ्नो कुरा राखेर बैठकबाट बाहिरिएका छन् ।
बरिष्ठ नेता खनाल र नेपाल समूहका अन्य सांसद भने बैठकमै छन् । २३ फागुनको सर्वोच्च अदालतको फैसला पछि पहिलो पटक यो समूह ओलीले बोलाएको बैठकमा सहभागी भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ चैत्र २०७७, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महाधिवेशनअघि नेताहरूको भेटघाट सामान्य हो, गुटबन्दी होइन : झलनाथ खनाल
घनश्याम भुसाललाई सघाउने सहमति भएको छैन : झलनाथ खनाल
नेकपा एसको अध्यक्षमा घनश्याम भुसाललाई सघाउन झलनाथ खनाल तयार
झलनाथको सर्प पालन परियोजनामा भ्रष्टाचार, ५ जना दोषी ठहर
'नेतृत्व लिएँ भने क्रान्तिकारी पुस्ता निर्माण गर्छु': झलनाथ खनाल
सत्ता समीकरणमा रहेको एमाले प्रतिपक्षजस्तो देखियोः झलनाथ खनाल