महालक्ष्मी विकास बैँकको १९ औँ साधारणसभा सम्पन्न

सफल खबर संवाददाता

शुक्रबार, १३ चैत्र २०७७, १५ : ३१
महालक्ष्मी विकास बैँकको १९ औँ साधारणसभा सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले १९ औँ वार्षिक साधारणसभा  सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त साधारणसभामा बैंकको संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई संस्थाको आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ८.८०∞ का दरले बोनस सेयर तथा ०.४६∞ नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि) गरी जम्मा ९.२६ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिएको छ ।

साथै साधारण सभाबाट मर्जर तथा प्राप्तिको प्रस्तावलाई खुल्ला राख्दै पँुजिगत आधारलाई अझ थप सुदृढ गर्ने उद्देश्यले सो प्रस्तावलाई समेत पारित गरेको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखा तथा ३४ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या करिब ५ लाख भन्दा बढी रहेको छ ।