एसियन च्याम्पियनसिप खेल्न भारोत्तोलन टोली उज्वेकिस्तान प्रस्थान

सफल खबर संवाददाता

शुक्रबार, १३ चैत्र २०७७, १२ : ५८
एसियन च्याम्पियनसिप खेल्न भारोत्तोलन टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एसियाली भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बिहीबार उज्वेकिस्तानको तास्केन्द प्रस्थान गरेको छ ।नेपालबाट च्याम्पियनसिपमा दुई महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिप पुरुषको ४९औं र महिलाको ३०औं संस्करण हो ।

अप्रिल १६ देखि २५ तारिखसम्म हुने प्रतियोगिताको ५९ केजीमा सन्जु चौधरी तथा ६३ केजीमा कमला श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रतियोगिताअघि टोली उज्वेकिस्तानमै २६ दिने तालिममा सहभागी हुनेछ ।

सन्जु नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद सागकी स्वर्ण विजेता हुन् । सागको कुनै पनि संस्करणमा भारोत्तोलनमा स्वर्ण जित्ने सन्जु एक्लो नेपाली महिला खेलाडी हुन् । सन्जु र कमला दुवै ओलम्पियक स्कोलरसिप टोकियो( २०२० )का लागि छनोट भएका खेलाडी समेत हुन् ।

प्रतियोगिता टोकियो ओलम्पिक छनोटका रुपमा समेत रहेको छ ।टोलीलाई सफलताको शुभकामना दिदै नेपाल ओलम्पिक कमिटी ९एनओसी० का अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य, महासचिव नीलेन्द्रराज श्रेष्ठ र नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ ९बोस०ले बिहीबारै सातदोबाटोस्थित एनओसीमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस