कोरोना अपडेट : थपिए १ सय २० जना कोरोना संक्रमित, ८५ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

विहीबार, १२ चैत्र २०७७, १६ : ५४
कोरोना अपडेट : थपिए १ सय २० जना कोरोना संक्रमित, ८५ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५ सय ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार २ सय १७ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ७२ हजार २ सय ७२  पुगेको छ । 

यस्तै बिहीबार कुनै पनि कोरोना संक्रमितको निधन नभएको  मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार २० रहेको छ ।