भारतमा संक्रमण बढिरहेको छ, त्यसकारण हामी सतर्क रहनुपर्छ : प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

विहीबार, १२ चैत्र २०७७, १५ : ४२
भारतमा संक्रमण बढिरहेको छ, त्यसकारण हामी सतर्क रहनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड– १९ संक्रमण बढ्दै गएकाले सतर्क रहन आग्रह गरेका छन् ।

बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले कोभिड–१९ का विषयमा सरकारको स्वास्थ्य मापदण्डसम्बन्धी आदेश पालना गर्न आग्रह गरे ।

“अब फेरि अर्को लहर बढ्लाका कि ? धेरै देशमा सेकेन्ड, थर्ड वेभ आइरहेको छ । भारतमा संक्रमण दिनको ५० हजारमाथि गइरहेको छ । त्यसकारण हामी सतर्क रहनुपर्छ,” उनले भने ।

विगतमा कोभिड–१९ का बेला सरकारले लिएको नीति सही भएको उनको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस