पाँच फिट गहिरो खाल्डोमा भेटियो बेपत्ता दम्पतीको शव

सफल खबर संवाददाता

विहीबार, १२ चैत्र २०७७, १५ : ०९
पाँच फिट गहिरो खाल्डोमा भेटियो बेपत्ता दम्पतीको शव

काठमाडौं । महोत्तरीको पिपरा गाउँपालिका–५ का मुसाफिर झा र उनकी पत्नी गीतादेवी पाँच फिट गहिरो खाल्डोमा पुरिएको अवस्थामा फेला परेका छन् । महोत्तरीको त्रिपुरा गाउँपालिका–२ मा उनीहरुको शव गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

झा दम्पतीको गएको फागुन १० गते आछ्यानबाटै अपहरण भएको थियो । उनीहरुको शव घरभन्दा डेढरदुई किलोमिटरको दूरीमा गाडिएको अवस्थामा फेला परेको हो ।

प्रदेश नम्बर–२ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले पाँच फिट गहिरो खाल्टोमा उनीहरुको शव फेला परेको र शव कुहिएको अवस्थामा रहेको बताए । आफन्तले शवका सनाखत गरेका छन् । उनीहरुलाई गाडेको खाल्टोमा नुनसमेत छर्केको पाइएको छ । प्रहरीले घटनामा संलग्न आरोपमा झा दम्पतीका छिमेकीसमेत रहेका जग्गा व्यवसायी रामबाबु यादव, भारतीय हरेन्द्र ठाकुरसहित चारजनालाई पक्राउ गरिसकेको छ ।
 

प्रतिक्रिया दिनुहोस