नेपाल र पाकिस्तान बीच ‘बायर्स -सेलर्स मिट’गर्न चेम्बरको आग्रह

सफल खबर संवाददाता

विहीबार, १२ चैत्र २०७७, १४ : १४
नेपाल र पाकिस्तान बीच ‘बायर्स -सेलर्स मिट’गर्न चेम्बरको आग्रह

काठमाडौ। नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र नेपालका लागि पाकिस्तानी राजदूत हैदर शाहबीच भेटवार्ता भएको छ । अध्यक्ष राजेशकाजी श्रेष्ठसहितका टोली र राजदूतबीच दुई देशबीच आर्थिक सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएको हो ।

छलफलमा अध्यक्ष श्रेष्ठले नेपालमा औद्योगिक तथा व्यवसायिक वातावरण बनाउन चेम्बरले नेतृत्वदायी भूमिका निर्वाह गर्ने भन्दै नेपालमा जलविद्युत, पर्यटन, कृषि, जडिबुटी, खानीलगायतका क्षेत्रमा लगानीकर्ता आकर्षित गर्न आग्रह गरे ।

चीनले ८ हजार वस्तुमा दिएको भन्सार सुविधाका कारण पनि नेपालमा लगानीको उपयुक्त वातावरण बनेको श्रेष्ठको भनाइ थियो । उनले व्यवसायिक वातावरण विस्तार गर्न नेपाली र पाकिस्तानी व्यवसायीबीच ‘बायर्स-सेलर्स मिट’गर्न प्रस्ताव गरेका थिए ।

राजदूत शाहले पाकिस्तानले नेपालसँग विभिन्न क्षेत्रमा सम्बन्ध स्थापित गर्न चाहिरहेको दिँदै लगानीका सम्भावना र प्रमुख क्षेत्रहरूबारे चासो राखेका छन् ।

प्रतिक्रिया दिनुहोस