दुध ढुवानी लोगो सार्वजानिक, नेपाल लोगो  प्रयोग गरेर दुध ढुवानी गर्ने पहिलो देश

सफल खबर संवाददाता

विहीबार, १२ चैत्र २०७७, १३ : २६
दुध ढुवानी लोगो सार्वजानिक, नेपाल लोगो  प्रयोग गरेर दुध ढुवानी गर्ने पहिलो देश

काठमाडौं । बिहिबार कृषि तथा पशुपन्छी विकाश मन्त्रालयले आयोजन गरेको ‘पशुपन्छीजन्य उत्पादनमा मुलुक निश्चित उत्पादन क्षेत्रमा आत्मनिर्भर घोषणा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले  दुध ढुवानी लोगो सार्वजानिक गरेका छन् ।

गत चैत २ मा, दुग्घ विकास बोर्ड नेपालले दूग्धजन्य पदार्थ  ढुवानीमा सहजता ल्याउनको लागि  दुध ढुवानी गर्ने साधनमा लोगो तथा स्टिकर प्रयोग गर्ने योजना अघि सारेको थियो ।

ढुवानी गर्ने गाडीले अब एम्बुलेन्स सरह गुड्न पाउने  हक दाबी दुग्घ विकास बोर्डको थियो । नेपालमा दूग्धजन्य पदार्थ ढुवानी सहज बनाउन छुट्टै लोगो प्रयोग गरिने भएको छ ।

बन्द हडताल तथा कोरोनाजस्तै, प्राकृतिक संकटलगायतका समयमा दुध ढुवानीमा समस्या देखिने गरेकोले  लोगो प्रयोगमा ल्याउन लागेको हो । लोगो सार्वजनिक भएसँगै नेपाल लोगो  प्रयोग गरेर दुध ढुवानी गर्ने पहिलो देश बन्ने छ ।
 

प्रतिक्रिया दिनुहोस