सिद्धार्थ बैंकमार्फत विदेशमा भुक्तानी गर्न पाइने

सफल खबर संवाददाता

विहीबार, १२ चैत्र २०७७, १२ : ५८
सिद्धार्थ बैंकमार्फत विदेशमा भुक्तानी गर्न पाइने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले शुक्रबारदेखि विदेशी मुद्राको भुक्तानी सहज, आधुनिक र विश्वस्तरीय बनाउने उद्देश्यले ‘सिद्धार्थ ईकम कार्ड’को सुरुवात गरेको छ ।

यस सुविधा सञ्चालन पश्चात् सिद्धार्थ बैंकका ग्राहकहरुले नेपाली रूपैयाँलाई अमेरिकी डलर ५०० वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सटही गरेर कार्डमार्फत नेपालबाटै विदेशमा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । 

कार्ड जारी गर्दा प्रयोगकर्ताको ग्राहक पहिचान विवरण अद्यावधिक भएको हुनुपर्नेछ भने सम्बन्धित प्रयोगकर्ताले स्थायी लेखा नम्बर लिएको हुनुपर्नेछ । प्रयोगकर्ताले एकै पटक वा पटक–पटक गरी एक वर्षमा बढीमा अमेरिकी डलर ५०० वा सो बराबरको परिवर्त्य मुद्रा जम्मा गर्न सक्ने पनि बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस