काठमाडौं । राहदानी विभागले अत्यावश्यकबाहेक नयाँ मेसिन रिडेबल राहदानी एमआरपी नबनाउन अनुरोध गरेको छ । विभागले छिट्टै गुणस्तरीय, सुरक्षित र भरपर्दो विद्युतीय राहदानी ई–पासपोर्ट जारी हुने भएकाले एमआरपी बनाएर घरमा नराख्न अनुरोध गरेको हो ।
विभागले सूचना जारी गर्दै तत्काल विदेश जान आवश्यक नभएका व्यक्तिहरुले पनि बहाल अवधि सकिन लागेका राहदानीको नविकरण गर्ने गरेको पाइएकाले सो कार्य नगर्न अनुरोध गरेको छ ।
राहदानी बहाल अवधि नसकिँदै नविकरण गर्नु पर्ने अवस्था नरहेको विभागले जानकारी गराएको छ । यस्तै, विभागले नविकरण नभए नयाँ बनाउनुपर्ने, म्याद सकिएपछि नयाँ बनाउँदा थप दस्तुर नलाग्ने र आवश्यक परेका जुनसुकै समयमा बनाउन सकिने समेत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ चैत्र २०७७, १२ : ३८
लेखकबाट थप